बालबालिकालाई कोरोना भाइरस बारे कुराकानी

बालबालिकालाई कोरोना भाइरस बारे कुराकानी

बालबालिकालाई कोरोना भाइरस बारे कुराकानी

अभिभावक र शिक्षक वर्गहरुले कोरोना भाइरसको संक्रमणबारे छलफल गर्नका लागि चुनौतीको सामना गरिरहेका छन्। यस्ता वार्ताहरु चुनौतीपूर्ण भएता पनि यी विषयहरु महत्वपूर्ण छन्। जनस्वास्थ्यको आपतकालीन अवस्थामा बालबालिकासँग कुरा गर्ने ूसही वा ुगलत तरिकाु हुँदैन । तैपनि तल उल्लेखित सल्लाहरु उपयोगी हुन सक्छन्ः

१.बालबालिकालाई प्रश्न गर्नका लागि खुल्ला, सहज र सहयोगी वातावरणको सृजना गर्नुपर्छ । बालबालिकाहरु यस विषयमा कुराकानी गर्न तयार नभएसम्म बल जबरजस्ती कुरा गर्न बाध्य नबनाउनुस्।

२. प्रश्नहरुको उत्तर इमान्दारित सहित दिनुस्। बालबालिकाले सजिलै आफूहरुले ढाटेको, झक्याएको, अभिनय गरेको छुट्याउन सक्छन्। यसले गर्दा भविष्यमा उनीहरुले गर्ने हामी प्रतिको विश्वास र हाम्रो आश्वासन प्रतिको विश्वासमा गाहे पर्न सक्छ ।

३. बालबालिकाहरुका उमेर सुहाउँदो उनीहरुले बुझ्ने भाषा र विकास क्रम अनुसार कुराकानी गर्नुहोस्।

४. बालबालिकालाई यथावस्था बारेको सही र उपयुक्त जानकारी गराउनुस् । ऋम्ऋ यच ध्ज्इ प्राप्त जानकारी प्रति निकाली उपलब्ध गराउनुस्।

५.आफूले दिने जानकारी पटक(पटक दोह्याउने र व्याख्या गर्नुपर्छ । केही जानकारीहरु बुझ्न र आत्मविश्लेषण गर्न गाहे हुन सक्छन्। बालबालिकाहरुले विश्वस्त हुनका लागि पटक(पटक प्रश्न गर्न सक्छन्।

६. बालबालिकहरुका विचार, भावना र प्रतिक्रियालाई स्वीकार गरी प्रष्ट गर्नुस ।

७. बालबालिकाहरु यस्ता अवस्थालाई व्यक्तिगत रुपमा लिने गर्छन् भन्ने कुरा याद राख्नुस् । जस्तैः उनीहरुले आफ्नो र आफ्नो परिवारको सुरक्षा बारेमा चिन्ता लिन सक्छन् । उनीहरुले आफन्त र साथीहरुको बारेमा चिन्ता लिने तथा यात्रामा रहेका वा टाढा बसेका आफन्त बारे पनि चिन्ता लिन सक्छन्।

८. बालबालिकाहरुलाई विश्वस्त बनाउने तर झूठा वाचा नगर्नुस्। उनीहरु विद्यालय र घरमा सुरक्षित छन्भन्न सकिन्छ्तर हामीले हाम्रो समुदाय र प्रदेशमा कोरोना भाइरस नभएको भन्न सकिदैन ।

९. धेरै मानिसहरुले अरु कारोना भाईरसबाट संक्रमित मानिसहरुलाई सहयोग गर्दै छन् भन्ने जानकारी दिनुस् । उनीहरुलाइ्र्र गाह्रो र डरलाग्दो अवस्थामा पनि मानिहरुले एकअर्कालाई सहयोग गर्छन्भन्नेकुरा बुझाउन सकिन्छ ।

१०.बालबालिकाहरु अभिभावक र शिक्षकहरुलाई हेरेर सिक्छन् । कारोना भाईरस संक्रमण प्रतिक्रिया अभिभावकले दिनेमा, उनीहरु धेरै रुची देखाउछन्। उनीहरुले तपाईहरुको र अरु ठूला व्यक्तिका वार्ताबाट पनि सिक्ने गर्छन्।

११.बालबालिकाहरुलाई टि.भी मा धेरै डरलाग्दा कुराहरु हेर्न नदिनुहोस् । यस्ता दृश्य÷चित्रहरु बारम्बार हेरेमा उनीहरुमा नराम्रो असर पर्न सक्छन्।

१२.विगतमा ठूलो रोग भोगेका वा आफन्त गुमाएकाहरुलाई समाचारमा देखाइएका डरलाग्दो रोग तथा मृत्यूका दृश्यहरुले उनीहरुमा ठूलो आघात पू¥याउने वा ठूलो प्रतिकृया देखाउन सक्छन्। यस्ता वालवालिकाहरुलाई झन धेरै ध्यान र सहयोग चाहिन्छ ।

१३. बालबालिकाहरु कोरोना भाइरस संक्रमण बारे धेरै नै आतिए, डराए र यसको कारणले जस्तैः निद्रामा समस्या, आफै सोच तथा चिन्तामा बस्ने, बारम्बार रोग र मृत्युका कुराले डराउने, अभिभावकलाई छोड्ने नमान्ने वा विद्यालय जान नमान्नेभएमा थप सहयोगको आवश्यकता पर्न सक्छ । यस्तो लक्षण देखिएमा बालचिकित्सक, बाल मनोपरामर्शदाताबाट सहयोग लिन सकिन्छ ।

१४. धेरै जसो अभिभावक तथा शिक्षकहरुले समाचार हेर्ने तथा जानकारीहरु संकलन गर्न विशेष रुचि देखाए पनि धेरै जसो बालबालिकाहरु आफ्नो बाल्यकालमै रमाउन रुचाउँछन् । उनीहरुलाई संसारमा भइहेको वा देशमा भइरहेको अवस्था बारे केही सोच्न मन नलाग्न नि सक्छ । उनीहरु फरक खेल, चित्रकला आदिमा रमाउन रुचाउँछ र यस्तो कृयाकलापमा उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ ।

सबैलाई जनस्वास्थ्यका आपतकालिन अवस्था बुझन्र स्वीकार गर्नलाई सहज हुँदैन । धेरै बालबालिकाहरु डराउनेर दोधारमा हुन सक्छन्। हामी अभिभावक, शिक्षक तथा शुभचिन्तकले सबै भन्दा राम्रो सहयोग भनेको आफ्नो बच्चाहरुलाई सुन्ने गरौं र इमानदार भई सधै सहयोगी बनौं । धेरै जसो बालबालिकाहरुलाई यस्ता घटनाहरु हुँदा पनि केही मनोवैज्ञानिक असर गदैन । यदि हामीले खुल्ला र सहयोगी वातावरण सृजना गरी स्वतन्त्र भई प्रश्न सोध्ने वातावरण दिएमा, हामीले उनीहरुलाई यस्तो तनावपूर्ण घटना र अनुभवबाट पर्ने भावनात्मक तथा मनोवैज्ञानिक पीडालाई कम गर्न सक्छौं ।