निर्वाचन सम्बन्धी जानकारी

नेपाल मनोचिकित्सक संघको विभिन्न पदहरूका लागि आगामी निर्वाचन मिति २०८२–१२–२७ गते तोकिएको व्यहोरा अवगत गराउन चाहन्छौं। सो चुनावको लागि नेपाल अधिराज्यमा कार्यरत सबै मनोचिकित्सकहरूको उत्साहजनक सहभागिताको अपेक्षा राख्दै, संघमा हालसम्म दर्ता हुन बाँकी मनोचिकित्सकहरूलाई मिति २०८२–१२–०२ गते साँझ ५:०० बजेसम्म आफ्नो नाम दर्ता गराउन हुन सादर अनुरोध गर्दछौं। निर्वाचन सम्बन्धी थप जानकारीहरू समय–समयमा अवगत गराइनेछ। धन्यवाद।